मनहरी ५ मा दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक सुर्यकिरणको बिजयी शुरुवात
कार्तिक, हेटौडा (मनहरी) – मनहरी ५ को टोल स्तरीय दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ। बसन्तपुर स्थित राप्ती खेल मैदानमा मंगलबारबाट शुरु भएको हो। सुर्य किरण युवा क्लबको आयोजना तथा ५ नम्बर वडा स्तरिय खेलकुद बिकास समितिको समन्वयमा टोल बिकास स्तरिय दोस्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा पाँच टोल विकास संस्थाबाट ९ टिम सहभागी रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा दुग्देश्वोर टोल बिकास संस्थालाई १-० गोल अन्तरले हराउदै आयोजक सुर्यकिरण युबा क्लबले बिजयी शुरुवात गरेको छ । त्यस्तै, दोस्रो खेल चुरियामाई टोल बिकास संस्था र ऋषेश्वर...


















