हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुने

कार्तिक, हेटौंडा – मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौडामा बृहत खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ। जिल्ला खेलकुद विकास समितिले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आगामी पुस ५ गतेदेखि १७ गतेसम्म हेटौंडा – १० स्थित टीसीएन चौरमा महोत्सव गर्ने भएको हो । मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना हुने बताए । महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उधान समेत...