हेटौंडामा अब बिआइटी र बिबिए अध्यापन हुने

असोज, हेटौंडा – शैक्षिक हबको रुपमा परिचित बागमती प्रदेशको राजधानी हेटौंडामा अब विआईटी र विविए अध्यापन हुने भएको छ । मकवानपुरमा पहिलो पटक विआईटी पढाइ हुन लागेको हो । सहिद एकलाल सुवेदी(आकाश) स्मृति प्रतिष्ठान नेपाल द्धारा सञ्चालित सहिद आकाश मेमोरियल क्याम्पसले हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गर्दै क्याम्पस र पढाइने विषयबारे जानकारी गराएको थियो । क्याम्पसका अध्यक्ष विजय गौतमले पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृति लिएर विआईटी र विविए अध्यापन गराउन लागेको बताए । हेटौंडा ५ मा रहेको रिलायन्स बोर्डिङको भवनमा क्याम्पस सञ्चालन गरिने भन्दै यसै शैक्षिक सत्रबाट स्नातक तहको बिआइटी (ब्याचलर...