मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने सहमति

असोज, हेटौडा – मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने भएको छ । सामाजिक विकास मन्त्रालयमा आइतबार बसेको सर्वदलिय बैठकले मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने सहमति दिएको हो । बैठकमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रिय क्याम्पसका रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकार अघि बढेको बताउनुभयो । ‘प्रदेशको सार्वजनिक विश्वविद्यालय बनेपछि मकवानपुर बहुमुखी क्याम्पस इतिहास बन्छ । प्रदेश सरकार, प्रदेश संरचना र मकवानपुरबासीको लागी यो महत्वपूर्ण सहमति हो । तुरुन्त जग्गा व्यवस्थापन गरेर कार्य अघि बढाइनेछ ।’ मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, ‘असोज २...