प्रदेश ३ का सांसदहरुको हेटौडामा सपथ ग्रहण
हेटौडा : तिन नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम हेटौडामा सम्पन्न भएको छ । यस अघि प्रदेश प्रमुख कोइरालाले जेष्ठ सांसद डोरमणि पौडेललाई सपथ खुवाएका थिए । ३ नम्बर प्रदेशका सांसदहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान साढे ११ बजे प्रदेश सांसद सचिवालय सभाहलमा १०९ जना सांसदले पद तथा गोपनीयतको सपथ लिएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएपछि पौडेलले १०९ जना प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण खुवाएका थिए । देश र ईश्वरको नाममा...





