हेटौँडामा बमको त्रास, दुइ सवारीमा आगजानी
हेटौडा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्द आह्वाका दिन आज मकवानपुरका विभिन्न स्थानमा बमको त्रास फैलिएको छ । केही स्थानमा सवारीमाथि आगजनि समेत भएको छ । यसैबिच हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ तीनताप्केमा प्रेसरकुकर बम जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । तार बाहिर निकालेर राखिएको अवस्थामा प्रेसरकुकर भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ । यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ वडा कार्यालयको अगाडि भेटिएको प्रेसरकुकरलाई नेपाली सेनाको बम...



















