भूकम्पको त्यो कालो दिन ४ बर्ष पुरा, पुनर्निर्माण कार्य अझै सुस्त

हेटौडा – आज बैशाख १२ गते प्राकृतिक विपत्ति विनाशकारी महाभूकम्पले मुलुकमा ठूलो क्षति पुर्याएको ४ बर्ष पुरा भएको छ । बि.स. २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प जाँदा ७ हजार ९ सय ४१ जनाको ज्यान गएको थियो । भुकम्प मापन केन्द्रका अनुसार १५ किमी माइल गहिराईमा भूकम्पको केन्द्रविन्दु थियो । विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो । भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवन भत्किएका थिए । अहिले ती पुर्ननिर्माणको...