अपडेट: मनहरीको जैसिङमा तीनवटा ट्रक ठोक्कीदा १२ घाइते, एक उपचारको क्रममा मृत्यु (नामावली सहित)

हेटौडा (मनहरी) – हेटौडा नारायणगढ सडक खण्डमा अन्तर्गत मनहरी गाउपालिका वडा नम्बर ९ स्थित जैसिङ चौध माइलमा तिन वटा ट्रक एक   आपसमा ठोक्किदा १३ जना घाइते भएका छन । एक जना उपचारको क्रममा भरतपुरमा मृत्यु भएको मनहरीबाट पत्रकार जयराम मोक्तानले जनाएको छ । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । त्यस्तै नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक ठोक्किएर दुर्घटना भएको हो । घाईते १३ जना मध्ये हेटौडा उपमहानगरपालिका वडा...