हेटौडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने

हेटौँडा – हेटौँडामा राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता जेष्ठ १० र ११ गते हुने भएको छ । मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा हुने प्रतियोगितामा देशभरका १८९ खेलाडी सहभागी रहने भएको छ । प्रतियोगिताको विषयमा शनिबार हेटौँडाको न्युज क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक बुद्धिनाथ न्यौपानेले प्रतियोगितामा देशभरका २० जिल्लाका १८९ जना खेलाडीको सहभागिता हुने बताए । प्रतियोगिता अन्तर्गत पुरुष तर्फ ६० किलो माथि तथा ६० किलो तल र महिला तर्फ ५५ किलो माथिले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रथम हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा...