हेटौँडा बसपार्कको होटलबाट महिला सहित ३ जना पक्राउ
हेटौँडा, बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपाकिला वडा नम्बर १० बसपार्क क्षेत्रमा सञ्चालित एक होटलमा एक महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि प्रहरीले महिलासहित होटल सञ्चालक र कामदारलाई पक्राउ गरेको छ । हेटौँडा १० मा रहेको घलान होटल एण्ड लजमा अनैतिक कार्य हुने गरेको भनि प्राप्त सुचनाको आधारमा बिहीबार गरेको जाँचका क्रममा दिउँसो करिब साढे २ बजे होटलको कोठा नम्बर ७ मा एक महिलालाई आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीले होटल एण्ड लजका संचालक सोही स्थानमा बस्ने बर्ष ३७ को गणेश बहादुर घलान, सोही होटलमा काम गर्ने हेटौँडा २ का ४१ वर्षीय श्रीकृष्ण...

















