हरिवन रमाइलो महोत्सवमा आज कमल खत्रीको प्रस्तुति रहने

सर्लाही – सर्लाहीको हरिवनमा जेष्ठ ३ गतेबाट शुरु भएको प्रथम हरिवन रमाइलो महोत्सवमा आज पनि चर्चित कलाकारहरुले प्रस्तुति रहेको छ । आज हुने कार्यक्रममा गायक कमल खत्री, ढाकाराम पौडेल रुद्रसेन बिस्वकर्मा, जादुगर बलराम सरकार लगायत कलाकारहरुको प्रस्तुति रहने सर्लाहीबाट पत्रकार राजु तामाङले जनाएको छ । पशुपति फेयर एक्जिवीसन र हरीवन युवा समुहको सहयोगमा महोत्सवबाट संकलित रकम हरिवन सुखेपोखरी स्थित चतुर्भुजेश्वर वृद्धाआश्रमको लागि सहयोग गरिने कार्यक्रम संयोजक जोनिश पाख्रीनले बताउनु भयो । ५ बर्ष मुनिका बालबालिका र जेष्ठ नागरीकलाई प्रबेश शुल्क निशुल्क गरिएको छ भने सर्वसाधारणको लागि ५० प्रवेश शुल्क...