तिन नम्बर प्रदेश सरकारले बैशाखमा लगानी सम्मेलन गर्ने

हेटौडा – तिन नम्बर प्रदेशको सरकारले देशभित्रको लगानीकर्तालाई आकर्षित गर्ने उद्येश्यले लगानी सम्मेलन गर्ने भएको छ । संघिय सरकारले लगानी सम्मेलन सम्पन्न गरेको एक महिना भित्रै मै तिन नम्बर प्रदेशको सरकारले पनि लगानी सम्मेलन गर्न लागेको हो । आगामी वैशाख ६ र ७ गते चितवनमा प्रदेशस्तरीय लगानी सम्मेलन हुने मुख्यमन्त्री डोरमणी पौडेलका प्रेस संयोजक प्रकाश दाहालले बताए । लगानीकर्तालाई प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने उदेश्यले निजी क्षेत्रका व्यवसायीलाई भेला पारेर लगानीका लागि अनुरोध गर्न लागीएको स्रोतले बताएको छ । १ सय ५० सम्भावित लगानीकर्ता तथा विज्ञ लगायत...