मनहरीको डिपाड सामुदायिक वनमा गाउपलिकाको अध्यक्ष उप्रेतीद्वारा अवलोकन
हेटौडा (मनहरी) – मनहरी गाउपालिका वडा नम्बर ६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्त समुहको वन क्षेत्रमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले अवलोकन गर्नु भएको छ । अबलोकनको क्रममा वन समुहका अध्यक्ष दिपक मुक्तानले बैज्ञानिक वन तथा वन समुहले गरिरहेका संरक्षण बारेमा जानकारी दिएका थिए । अवलोलकन पश्चात प्रतिक्रिया दिदै गाउँपालिका अध्यक्ष उप्रेतीले वन समुहको पदाधीकारीहरुकोे मात्र संरक्षणमा विशेष भुमिका नहुने भन्दै अध्यक्ष उप्रेतीले आम उपभोक्तहरुको समेत संरक्षणमा विशेष भुमिका खेल्नु पर्ने बताए । संरक्षणमा देशकै उत्कृष्ट सामुदायिक वन भित्र पर्ने समुहले वन तथा वन्यजन्तु संरक्षणमा पनि योगदान पुर्याउदै आइरहेको...


















