प्रहरी हिरासतमा रहेका युवक गम्भीर घाइते, आफन्तहरु आक्रोशित

रत्ननगर – इलाका प्रहरी कार्यलय टाँडिमा युवकको मृत्यु भएको भन्दै स्थिति तनावग्रस्त बनेको छ । बिहिबार अपरान्ह कालिका नगरपालिका १ का सागर घिसिङ प्रहरी हिरासतमा रहेको बेला गम्भीर अवस्थामा भेटिएपछि उपचारको लागि भरतपुर लगिएको थियो । तर उनको मृत्यु भइसकेको भन्दै आक्रोशित आफन्तजनले प्रहरी चौकिमा ढुङगाुमढा गर्दै केहिबेर राजमार्ग अवरुद्ध गरेका हुन । रत्ननगर १ बकुलहरमा राजमार्ग अबरुद्ध गरि नाराबाजिसमेत गरिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केहि राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो । तोडफोटमा संलग्न दर्जन बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घिसिङका आफन्तजनले मृत्यु...