तिन नम्बर प्रदेशको लगानी सम्मेलन चितवनमा हुँदै

चितवन – तिन नम्बर प्रदेशको लगानी सम्मेलन आजबाट चितवनमा सम्मेलन भैरहेको छ । निजी क्षेत्रलाई लगानीको आह्वान गर्न भरतपुरमा आज र भोली हुने सम्मेलनमा प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा हुन लागेको हो । आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले सम्मेलनबाट प्रदेशको विकासका आधारशीला तय गरिने बताए । प्रदेशका पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवा उद्योग लगायतमा लगानीका सम्भावनाबारे निजीक्षेत्रका प्रतिनिधिलाई जानकारी गराइने बताएको छ । आधारपत्रले प्रदेशको वार्षिक औसत आर्थिक वृद्धिदर ११ दशमलव २ प्रतिशत हुने र प्रतिव्यक्ति आय वार्षिक ४ लाख ५ हजार पुग्ने लक्ष्य लिएको छ । ५...