बँदेललाई थापेको धरापमा मान्छे परेपछि…

बुटवल – प्रहरीले रुपन्देहीको तिलोत्तमा-११ बाट गाडिएको अवस्थामा एक व्यक्तिको शव बरामद गरेको छ । बरादम गरिएको शव तिलोत्तमा-११ भूपू सैनिक टोलका मिनबहादुर गौतमको रहेको प्रहरीले जनाएको छ । स्थानीय पाँच युवाले वस्तीमा बँदेलले बाली खाएर सखाप पार्न थालेपछि थापेकाे धरापमा गाैतम परेका हुन् । युवाहरुले वैशाख १ गते राती तिलोत्तमा र देवदह नगरपालिकाको सीमाना छुटयाउने रोहणी खोलामा राति ११ बजे विद्युतीय धराप थापेर नजिकैको एउटा रुखमुनि सुतेका थिए । भोलिपल्ट बिहान चार बजेको समयमा गौतम सोही बाटो देवदहबाट घर आउँदै गर्दा विद्युतीय धरापमा परेका हुन् । धरापमा परेर...