हिमालयन शेर्पालाई १-० ले पराजित गर्दै एपीएफ दोस्रो चरणमा प्रवेश
सर्लाही – सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा एपीएफ क्लब विजयी भएको छ । हिमालयन शेर्पालाई १-० गोल अन्तरले पाखा लगाउँदै एपिएफले खेल जितेको हो । दुबै टिमले निकै आक्रमक रुपमा खेल्दै राम्रा अबसर निकाले पनि तर गोल भने दुबै टिमबाट हुन सकेनन । मध्यन्तर सम्म खेल बराबरीमै टुङ्गिएको थियो । हाफ पछि दुबै टिमले झनै आक्रमक रुपमा खेलेका थिए । हाफको ३२ औं मिनेटमा एपीएफका जर्सी नं. ८ का खेलाडी सन्तोष श्रेष्ठले गोल गर्दै आफ्नो टिमलाई १-० गोलले अग्रता दिलाए । हिमालयन...



















