तिन नम्बर प्रदेशको राजधानी अन्यन्त्र लैजान स्वीकार नहुने: मुख्यमन्त्री पौडेल

हेटौडा : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ उपत्यकाभित्र प्रदेश नम्बर तीनको स्थायी राजधानी राख्ने कुरा कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । अन्नपूर्ण मिडिया नेट्वर्कले मंगलबार प्रदेश ३ को अस्थायी राजधानी हेटौँमा गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले स्थायी राजधानीका लागि काठमाडौँ उपत्यकाबाहेकका स्थानबारेमा भने आफू लचिलो हुन तयार रहेको बताए । ‘केन्द्रको राजधानीमै सबै सुविधा थुपार्ने हो भने हामीले गरेको संघीयताको कुनै अर्थ हुँदैन’, पौडेलले भने, ‘व्यक्तिगत रुपमा भन्नु हुन्छ भने म हेटौँडाबाट राजधानी सार्ने पक्षमा छैन, स्थायी राजधानी पनि हेटौँडा नै हुन्छ...