पशुपति माविको १ सय १५ जना विद्यार्थीलाई साइकल वितरण
असोज, हेटौडा (मनहरी) – मकवानपुरको मनहरीमा बिद्यालयसम्म आवतजावतको सहज बनाउनको लागि १ सय १५ जना बिद्यार्थीहरुलाई साइकल वितरण गरेको छ। मनहरी गाँउपालिका वडा नम्बर ४ को पशुपतिनाथ माध्यामिक बिद्यालयमा अध्ययनरत १ सय १५ जना बिद्यार्थीलाई साईकल वितरण गरिएको हो । वडाले आर्थिक वर्ष २०८०/८१ मा १० लाख बजेट बिनियोजन साईकल खरिद वितरण गरिएको थियो। बागमती प्रदेश सरकारको सामाजिक मन्त्रि कुमारी मोक्तानले साइकल वितरण गर्दै सरकारी लगानीलाई सदुपयोग गरि बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गरि पालिकाको नमुना बिद्यालय निर्माणमा लाग्न जोडदिनु भयो। ४ नम्बर वडाअध्यक्ष प्रकाश थापाले टाढाबाट विद्यालय धाउने बिद्यार्थीहरुको...



















