बंश गोपालमा स्वास्थ्य शिबिर

मंसिर, हेटौडा – रोटरी क्लब अफ मकवानपुरले बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । हेटौंडा-६ स्थित बंशगोपाल माध्यमिक विद्यालयमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । रोटरी क्लब अफ मकवानपुरको अध्यक्ष अन्जनी कुमार पराजुलीको सभाअध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा- ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो। निको अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ६ जना स्वास्थ्यकर्मीको टिमले ५ सय जना बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाको आर्थिक सहयोगमा भएको स्वास्थ्य शिविरमा रोट्र्याक्ट क्लब अफ मकवानपुर र सिटिजन बैंकको सहयोग...