मधेश प्रदेशबाट शुरु भो, ताम्सालिङ जागरण अभियान

तामसालिङ खबर
२० पुष २०८०, शुक्रबार ०६:४३

पौष, मधेश प्रदेश (हरिवन) – मधेश प्रदेशको सर्लाही जिल्लाबाट ताम्सालिङ जागरण अभियान शुरु भएको छ । ‘ताम्सालिङ प्रदेश निर्माणका लागि एकजुट हौँ’ भन्ने नारासहित हरिवनमा तामाङ र ताम्सालिङ निर्माण सम्वन्धी प्रशिक्षण कार्यक्रम गरी बिहिबारबाट अभियानको शुरुवात गरिएको हो।

नेपाल तामाङ घेदुङ सर्लाहीको आयोजना तथा हरिवन घेदुङको व्यवस्थापनमा ताम्सालिङ जागरण अभियान अन्तर्गत पहिलो चरणको प्रशिक्षण कार्यक्रम घेदुङका संघीय अध्यक्ष मोहन गोलेले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो।

गोलेले ताम्सालिङको आवश्यकता, औचित्य, आगामी कार्ययोजना र उद्देश्यबारे सहभागीलाई प्रष्ट्याए । नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष वुद्ध लामाको अध्यक्षता तथा घेदुङका संघीय सदस्य जयमान पाख्रिनको स्वागत गर्नु भएको थियो । प्रशिक्षणमा मधेश प्रदेशको जिल्ला प्रतिनिधिहरु बाक्लो सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*