पहिलो पटक राक्सिराङ्गमा एसईईको परीक्षा केन्द्र, २ सय ८१ जना बिद्यार्थी सहभागी हुँदै

चैत्र, हेटौडा (राक्सिराङ्ग) – आजबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाबाट २ सय ८१ जना सहभागी हुँदै छन्। राक्सिराङ्गको ५ वटा बिद्यालयबाट परीक्षामा सहभागी हुन बुधबार नै गाउँपालिका मुकाम चैनपुरमा आइपुगेका छन्। यस भन्दा पहिले मनहरीको विभिन्न परीक्षा केन्द्रमा परीक्षा दिनु पर्ने अवस्था थियो, यो पटक देखि आफ्नै गाउँपालिकामा परीक्षा केन्द्र संचालन भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो। परीक्षामा सहभागी हुन नियमित तर्फ २ सय २० जना, ग्रेड वृद्धि तर्फ ३५ जना, प्राबिधिक तर्फ २६ जना गरि २ सय ८१ जना रहेको गाउँपालिकाको शिक्षा शाखा...