लावतीमा शैक्षिक सामग्री वितरण, बालबालिकाको पढाइप्रति अभिभावकले चासो दिन वडा अध्यक्षको आग्रह
भदौ, राक्सिराङ्ग – मकवानपुरको राक्सिराङ्ग गाउँपालिका ३ लावती स्थित श्री प्राथमिक विद्यालयमा सोमबार एक विशेष समारोहका बीच शैक्षिक सामग्री वितरण गरिएको छ। ग्रामिण असहाय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा विद्यालय पोशाक, स्विटर लगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष उत्तम वाइबाले ग्रामीण क्षेत्रका बालबालिकाको शैक्षिक उज्यालो भविष्य निर्माण सबैको जिम्मेवारी भएको उल्लेख गर्दै भने, “हाम्रा बालबालिकाको पढाइप्रति अभिभावकहरूको नियमित चासो जरुरी छ। उनीहरू विद्यालयमा के सिकिरहेका छन्, उनीहरूको अनुशासन, संस्कार र पठनपाठनको वातावरण कस्तो छ भन्ने बुझ्न अभिभावक...



















