१५ विद्यालयमा सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण
जेठ, राक्सिराङ्ग – मकवानपुरको राक्सिराङ गाउँपालिकाले विद्यालयमा अध्ययनरत किशोरीहरूको स्वास्थ्य, सरसफाइ तथा आत्मविश्वास अभिवृद्धिका लागि एक महत्वपूर्ण कदम स्वरूप १५ वटा माध्यामिक तथा आधारभूत विद्यालयहरू लाई १५ थान सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण गरेको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा भएको वितरण कार्यक्रममा उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतको उपस्थिति रहेको थियो। विद्यालयमा अध्ययन गर्ने किशोरीहरूका लागि महिनावारीको समयमा सुरक्षित र मर्यादित वातावरण निर्माण गर्नु आवश्यक रहेको भन्दै गाउँपालिकाले सेनिटरी प्याडको सुरक्षित निस्तारण प्रणाली सुरु गरेको हो। यस प्रविधिबाट प्रयोग भइसकेका प्याडहरूलाई वातावरणमैत्री तरिकाले नष्ट...



















