थाहा नगरमा चुनाबी चहलपहल : को-को छन् आकांक्षी ?
चैत्र, हेटौडा (थाहा नगर) – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा थाहा नगरको स्थानीयस्तरमा चुनावी चहलपहल बढ्दो छ । मकवानपुरमा हेटौंडा उपमहागरपालिका पछिको आकर्षणको रुपमा हेरिने थाहा नगरपालिकामा चुनावी तयारीका लागि राजनैतिक दलहरुले योजना सक्रियताकासाथ अभियानका रुपमा तिव्रता देखिन्छ । सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेले थाहा नगरमा औपचारिक तथा अनौपचारिक कार्यक्रम मार्फत निर्वातन अभियानलाई तिव्रता दिएका छन् । गत स्थानीय चुनावमा थाहा नगरपालिकामा मेयर जितेको माओवादी केन्द्र यसपटक पनि जित दोहो¥यार्उे दाउमा छ । माओवादीले मेयरको लागि निर्णय गरिनसके पनि श्रोतका...

















