पोलेको मकै खानुमा धेरै फाइदा

तामसालिङ खबर
११ कार्तिक २०७६, सोमबार ०६:५७

मकै नेपालमा सर्वसुलभ उपलव्ध हुने अन्न हो । जो सडक किनारादेखि पाँचतारे होटलका मेनुमा समेत पाइन्छ । मकैलाई भुटेर, पोलेर, उसिनेर र भातको रुपमासमेत खान सकिन्छ ।

त्यतिमात्रै होइन, मकैबाट अन्य विभिन्न परिकार पनि बन्ने गरेका छन्। बेमौसमी मकै प्रायः सधैँभरी उपलव्ध हुन्छ। मकै अधिकांशले रुचाउने खाजामा पर्छ। यो स्वादिलो मात्रै नभएर स्वास्थ्यका लागिसमेत फाइदाजनक छ।

मकैमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यसले पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ। नियमति मकै खाने मानिसमा एसिडिटी र कब्जियतको समस्या हुँदैन । मकैले कोलास्ट्रोलको मात्रा नियन्त्रण गर्ने, छाला स्वस्थ राख्ने र रोग प्रतिरोधी क्षमता पनि बढाउछ । मोलेको मकैले हड्डी बलियो बनाउछ ।

मकैमा कपर, म्याग्नेसियम, आइरन र फोस्फोरसको मात्रा हुन्छ। भुटेको र पोलेको मकैमा कार्बोहाइड्रेटको मात्रासमेत उच्च हुने हुँदा यसले शरीरमा उर्जा प्रदान गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*