सख्खर खाँदा स्वास्थ्यलाई अत्यधिक फाइदा

तामसालिङ खबर
२१ भाद्र २०७८, सोमबार ०७:४०

हाम्रो दैनिक जीवनमा चियादेखि कफीसम्म सेतो चिनीको प्रयोग गर्ने गरिन्छ जुन स्वास्थ्यका लागि हानिकारक रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । त्यस कारण प्रशोधित चिनीको साटो सख्खरको प्रयोग स्वस्थवर्धक मानिन्छ ।

विगत लामो समयदेखि सख्खर र चिनीमध्ये सख्खरलाई फाइदाजनक विकल्पको रूपमा मान्यता दिइँदै आएको छ । सख्खर स्वास्थ्यका लागि कुनै वरदानभन्दा कम    छैन । यसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट राहतसमेत प्रदान गर्छ ।

यद्यपि, सख्खरको प्रयोग पनि सीमित मात्रामा नै गर्नुपर्ने विज्ञ सुझाउँछन् । तर जब सेतो चिनीको कुरा आउँछ तब यसको साटो सख्खर चयन गर्नु राम्रो विकल्प हो किनभने सख्खर खाँदा शरीरले विभिन्न पोषक तत्त्व प्राप्त गर्छ ।

चिनीको साटो सख्खरको प्रयोग स्वास्थ्यका हिसाबले किन फाइदाजनक छ भन्नेबारे यहाँ जानकारी लिऔँ । चिनी बनाउने प्रक्रियामा मोलेसिस नामको ‘बाई प्रोडक्ट’ लाई हटाइन्छ । तर सख्खरमा मोलेसिस भएका कारण यो थप पौष्टिक बन्ने गर्छ ।

सख्खर भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ । प्रशोधित सेतो चिनीमा क्यालोरी मात्रै पाइन्छ । यसमा भिटामिन, मिनरल, प्रोटिन, फ्याट, फाइबर वा अन्य लाभकारी यौगिक तत्त्व केही पनि पाइँदैन । तसर्थ यो शरीरका लागि हानिकारक पनि साबित हुनसक्छ ।

प्रशोधित चिनीले प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्छ जसका कारण रोगले छिट्टै गाँज्ने सम्भावना हुन्छ र शरीरको रोगमुक्त गर्ने क्षमतामा पनि ह्रास आउँछ । जहाँसम्म सख्खरको कुरा छ, यो एउटा निकै राम्रो ‘इम्युनिटी बुस्टर’ हो । यसको सेवनले खोकी, रुघालगायतका रोगबाट बचाउने गर्छ ।

सख्खरको सेवनले पाचन प्रणालीलाई स्वस्थ, रक्तअल्पत्ताको रोकथाम हुनुका साथै यसले कलेजोको डिटक्सिफिकेशन र उत्कृष्ट प्रतिरक्षा कार्यमा सुधार गर्ने गर्छ । जबकि चिनीले मोटोपना, टाइप–२ मधुमेह, हृदयरोग, डिप्रेशन, डिमेन्सिया, कलेजोसम्बन्धी रोग र क्यान्सरसमेत हुने खतरा छ ।

हाई फ्रुक्टोज कर्न सिरप वा एचएफसीएस ५५ एक प्रकारको प्रशोधित चिनी हो जसमा ५५ प्रतिशत फ्रुक्टोज र ४२ प्रतिशत ग्लुकोज हुन्छ जबकि सख्खरमा ७० प्रतिशतभन्दा बढी सुक्रोज, १० प्रतिशतभन्दा कम आइसोलेटेड ग्लुकोज र फ्रुक्टोज र ५ प्रतिशत मिनरल हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*