खुसार्नीको पनि एक्स्पाईरी डेट हुन्छ, यसरी थाहा पाउनुहोस्

तामसालिङ खबर
२० श्रावण २०७६, सोमबार २२:२०

के खुसार्नीको ‘एक्स्पाईरी डेट’ हुन्छ ? अर्थात के अन्य खानेकुरा झै सिमति मिति भित्र खुर्सानीको प्रयोग गरिसक्नुपर्ने हुन्छ ? बोटबाट टिपेपछि कहिलेसम्म खान सकिन्छ खुसार्नी?

पिरो स्वास्थ्यको लागि हानीकारक सोच्नुहुन्छ भने तपाइ सरासर गलत हुनुहुन्छ। खुर्सानीमा पनि पौष्टिक तत्व पाइन्छ र यसले रोग प्रतिरोध क्षमता समेत बढाउँछ (बेसारले झै)। यसले शरीरमा मेटाबोलिजम बढाएर तौल घटाउन समेत मद्धत गर्छ।

खुर्सानीको एक्स्पाईरी डेट हुन्छ– हो, खुसार्नी लगायत जडिबुटीहरु दुध तथा तरकारी झै छिटो बिग्रदैनन्। तर धैरै पुरानो खुसार्नी प्रयोग गर्नु उपयुक्त हुँदैन। सबैभन्दा महत्वपुर्ण कुरा त यसको पिरोपना नष्ट भइसकेको हुन्छ। धेरै पुरानो खुर्सानीको गन्ध परिवर्तन भइसकेको हुन्छ, यसको जैविक संरचना बिग्रिएको हुन्छ। जसको कारण यसबमा पाइने पौष्टिक तत्वहरु नष्ट भइसकेको हुन्छ।

कहिलेसम्म प्रयोग गर्ने ?
सामान्यता एक वर्षसम्म यसको प्रयोग गर्न सकिन्छ। जति फ्रेस खुर्सानी भयो त्यति नै पिरोपना हुन्छ, जति पुरानो त्यति कम।

सुँघेर पत्ता लगाउनुस्
सुँघ्दा कडा अनि गन्ध स्पष्ट छ भने ठिक छ। होइन, गन्ध खासै छैन, अनि यसको रंग पनि फुङ्ग उडेको छ भने सो खुर्सानी खानु उपयुक्त हुँदैन।

स्टोर गर्ने तरिका
खुर्सानीलाई लामो समयको राख्न हावा नपस्ने भाँडोमा बन्द गर्नुस्। खुर्सानी घाममा सुकाएर भाँडोमा बन्द गरेर राख्दा अझै लामो समयसम्म सुरक्षित राख्न सकिन्छ।

फ्रिजमा नराख्नुस्
खुर्सानीलाइ कहिल्यै फ्रिजमा नराख्नुस्। यसले यसको पिरोको गुणमा कमी ल्याउँछ, साथै फ्रिजमा भएका अन्य खानेकुराको गन्ध पनि यसले समात्छ। साथै खुर्सानी हालेर पकाएका खानेकुरा फ्रिजमा नराख्नुस्। चिसोमा खुसार्नीले गर्ने रासायनिक प्रतिक्रियाले अन्य खानेकुराको गुणस्तर बिग्रन्छ।

अन्य जानकारी :
औषधिको रुपमा डल्ले खुसार्नी – तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।

यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ थकाइ पनि मेटाउँछ ।

हरियो खुसार्नी खानुस् तनाव कम गर्नुस् – खुर्सानी हामीले दैनिक जिवनमा प्रयोग गरिन्छ । कोहीलाई कम पिरो मनपर्छ भने कसैलाई धेरै पिरो मनपर्छ । खुसार्नी पिरो स्वाद लिनका लागि मात्र नभई तरकारी खान समेत सकिने खालको पनि हुन्छ । हामीले प्राय भेडे खुर्सानी भनेर चिन्ने खुर्सानी पिरो हुँदैन र यसको तरकारी खाने गरिन्छ । यो खुर्सानी खानुको पनि निकै धेरै फाइदा छन् । यो खुर्सानीमा धेरै नै औषधीय गुण हुन्छ ।

यसका केही फाइदाहरूका बारेमा थाहा पाऔ‘
— यो खुर्सानीको प्रयोगले तपाईको शरिरमा रहेको कोलस्टेरोलको मात्रा कमी गर्छ ।
— यसले शारीरिक शक्तिलाई बढाउने गर्छ । यसमा पाइने भिटामिन ए, बि र सी ले शरिरको मजबुतिका लागी काम मद्धत गर्छन् ।
— खुर्सानीमा हुने एक रसायन लायकोपिनले शारीरिक तनाव तथा डिप्रेशनलाई कम गर्नका लागी मद्धत गर्छ । (यो खुर्सानीले शरिरको तौल घटाउनका लागी समेत मद्धत गर्छ । शरिरको बोसो तथा कार्बोहाइड्रेडलाई कम गर्नका लागी पनि यसले निकै फाइदा पुर्याउँछ ।
— खुर्सानीको प्रयोगले शरिरको कम्मरको दुखाई, साइटिका, जोर्नीको दुखाईमा समेत राहत दिन्छ । खुर्सानीमा पाइने क्याप्साइसिन नामको रसायनले दुखाई कम गर्ने काम गर्छ ।
— उच्च रक्तचापमा समेत यो खुर्सानी लाभदायक हुन्छ । खानामा यसको अधिक प्रयोगले उच्च रक्तचाप कम गर्न मद्धत गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*