हेटौडाको ओम्यक्स हल शुक्रबारदेखि पून: संचालनमा आउने

हेटौंडा – मकवानपुरे दर्शकहरुको मन जित्न सफल हेटौडाको ओम्यक्स सिनेमा हल शुक्रबार (भोलि) देखि पून संचालनमा आउने भएको छ । गत बर्षको श्रावण २३ गते विद्युत लाइन मर्मत गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर हलमा आगलागी भएको थियो ।
नौ महिनापछि हल पूर्ण रुपमा निर्माण गरिएपछी बैशाख २० गते शुक्रबार देखि चलचित्र ‘दल भात तरकारी’ प्रदर्शन गर्दै संचालनमा आउने भएको छ । अहिले निर्माण गरिएको हलमा लक्जरी सिट सहित ३ सय ९० जना बसेर हलमा फिल्म हेर्न सक्ने ब्यबस्था गरिएको छ ।
अहिले दुईवटा प्राजेक्टर सहित भित्ता र सिलीङमा समेत साउन्ड सिष्टम राखिएको हलका संचालक नरेन्द्र महर्जनले बताउनुभयो । पहिलेको तुलनामा पुन निर्माण पछि हलमा सबै सुबिधाहरु थप गरिएको छ ।
नयाँ प्रविधिको साउण्ड सिस्टमदेखि लिएर दर्शक बस्ने सिट समेतको स्वरुप परिवर्तन हुने भएको कारणले संचालनमा ढिलाई भएको बताएको छ ।
२०६९ जेठबाट सञ्चालनमा आएको ओम्याक्स हल सुविधायुक्त ओम्याक्स हल निर्माण भएपछि महर्जनले नै सञ्चालन गर्दै आएको ओम सिनेमा हल भत्काइएको थियो ।
करिब ३ करोड ४० लाख रुपैयाँ लागतमा हल पुनर्निर्माण गरिएपछी संचालनमा ल्याउन सफल भएको अर्को संचालक तिर्थ प्रधानले बताउनुभयो ।