अडियो गीतबाट चर्चा कमाएको ‘छिङ्गै सुपारी’ को भिडियो रिलिज (भिडियो)

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार १७:४४

साउन ४, हेटौडा – अडियो गीत युट्युब र टिकटकमा सार्बजानिक भए देखि नै चर्चामा रहेको चर्चित गीत ‘छिङ्गै सुपारी’ को म्युजिक भिडियो रिलिज भएको छ । गायक मदन घलान र गायिका जितु लोप्चनको आवाज रहेको गीतको भिडियोमा हाल निकै ब्यस्त रहेको मोडल निराञ्जली लामाको अभिनय रहेको छ ।

कृष्ण ब्लोनको निर्देशनमा बनेको म्युजिक भिडियोमा निराञ्जली संगै निरज लामाखोरले समेत अभिनय गरेको छ । डुप्साङ तामाङ शब्द, सानुबाबु घिसिङको संगीत रहेको गीतलाइ नोर्बु शेर्पाले गीतको एरेन्ज गरेका छन् ।

सार्वजनिक भिडियोमा सुर्य लामाको छायांकन रहेको भिडियोको सम्पादन तथा कोरियोगाफ्री भने निर्देशक कृष्ण ब्लोनको नै रहेको छ । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्बजानिक भएको हो ।  भिडियो हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*