‘द भ्वाइस अफ नेपाल’ को सिजन-२ साउन ३१ गतेबाट प्रसारण हुने

तामसालिङ खबर
२१ श्रावण २०७६, मंगलवार ०९:१०

साउन २१,काठमाडौँ – सांगीतिक गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को सिजन २’ साउन ३१ गतेबाट हिमालय टीभी एचडीबाट प्रसारण हुने भएको छ । हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ ।

करिव २२ हजार आवेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाज मार्फत कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा शुरु हुने छ ।

‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने– ‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ ।’

पौडेलका अनुसार अघिल्लो वर्षका तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजिटल अडिसनमा सहभागी भएको हुँदा राम्रा प्रतिभाहरुको छनौटमा सहजता भएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*