बजेट निर्माणको तयारीमा राक्सिराङ्ग गाउँपालिका

जेठ, हेटौडा – मकवानपुरको स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी थालेका छन् । १० वटा स्थानीय तह रहेको मकवानपुरमा राक्सिराङ गाउँपालिकाले गाउँपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम तथा वार्षिक बजेटको तयारीको क्रममा सरोकारवालाहरुसँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम र गाउँपालिका कार्यक्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुबीच समन्वय बैठक गरी छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आगामी आवको नीति तथा कार्यक्रम र बजेट कृषि, पूर्वाधारसँगै चेपाङलगायतका विपन्न समुदाय लक्षित गरी ल्याउने तयारी गरेको जानकारी दिनुभयो । बजेटका बारेमा सरोकारवालाहरुसँग...