निर्वाचनका लागि मकवानपुरमा ३२ सय सुरक्षाकर्मी परिचालन

बैशाख, हेटौडा – यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा ३२ सय जना सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३२ सय सुरक्षाकर्मी परिचालन गरिएको हो । जिल्लाको १० वटै स्थानीय तहमा सुरक्षाकर्मीले काम सुरु गरिसकेको बताउँदै निर्वाचनलाई भयरहीत बनाउनका लागि आफूहरु दिनरात नभनी लागिपरेको बताए । मकवानपुरमा रहेको १९ वटा अतिसंवेदनशिल मतदानस्थललाई विशेष ध्यानमा राखिएको उनले बताए । शुक्रबार हुने निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय...