मनहरी २ मा माओवादी केन्द्रको वडाअध्यक्षमा पाख्रीनको प्यानल बिजयी

बैशाख, हेटौंडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रीन विजय भएका छन् । कुल १ हजार ४ सय ८३ मत खसेको वडा नम्बर २ मा पाख्रीनले ५ सय ४५ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २४ मत प्राप्त गरेका थिए भने अर्का प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वारले ४ सय २० मत प्राप्त गरेका थिए । त्यसै गरि स्वतन्त्र (पुतली) बाट वडाअध्यक्षमा ३८ मत पाएका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट महिला सदस्यका उम्मेदवार...