निजगढ विमानस्थल निर्माण प्रस्ताव पेश गर्न म्याद थप

साउन, काठमाडौं – लगानी बोर्डले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्ताव पेस गर्न स्विजरल्यान्डको जुरिच इन्टरनेसनलसँग असोज दोस्रो साता सम्मको म्याद थप गरेको छ । बोर्ड बैठकले विमानस्थल निर्माणका लागि प्रस्ताव पेस गर्न असोज १४ गते (सेप्टेम्बर अन्तिम)सम्मको म्याद थप गर्ने निर्णय गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त कम्पनीसँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको हो । निजगढ विमानस्थल आयोजना हेर्ने लगानी बोर्ड कार्यालयका अधिकृत रत्नेश शशीले प्रस्ताव पेस गर्न जुरिच इन्टरनेसनललाई अन्तिम मौका दिइएको जानकारी दिए । उनले दिएको समयभित्र सो कम्पनीले प्रस्ताव पेस...