मंगलबार कोरोनाबाट थप ४ को मृत्यु, ज्यान गुमाउनेको संख्या १ सय १३ पुग्यो

भदौ, काठमाण्डौ – कोरोना संक्रमणका कारण आजै मात्र थप ४ जनाको मृत्यु भएको छ । ललितपुर, काभ्रे, बाँके र पोखरामा गरी ४ जनाको मृत्यु भएको  हो । नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मंगलबार उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ । निमोनिया समेत देखिएका ३८ वर्षीय गिरीमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । त्यस्तै, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन...