नेपालको झण्डा जलाउनेविरुद्ध ७० भन्दा बढी उजुरी
भदौ, काठमाडौं – राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने माथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी परेको छ । म्युजिक भिडियो बनाउने एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार समातिसकेको छ । महाशाखाका प्रवक्ता ईश्वर कार्कीले यो कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताएका छन्। कार्कीले भने, ‘यो राष्ट्र हितविरुद्धको गम्भीर अपराध हो, झण्डा जलाइएको यो प्रकरणमा अनुसन्धान तीव्र बनाएका छौं।’ मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यससम्बन्धी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको...

















