धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला संचालन
भदौ, काभ्रे – काभ्रेको धुलिखेल नगरपालिकामा बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना महामारी बढिरहेका बेला कोरोना सँगै अन्य प्रकारका रोगहरुको पहिचान र परिक्षण गर्ने उदेश्यले प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको हो । ‘बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको हो’– सामाजिक विकास मन्त्री युवराज दुलालले भन्नुभयो–‘अन्य ल्याबहरुले परिक्षण र पहिचान गर्न नसकेका जटिल प्रकारका रोगहरु समेत यो प्रयोगशालामा परिक्षण हुनेछ ।’ कोरोनाको परिक्षणसँगै अन्य रोगहरुको पहिचान र परिक्षणले नागरिकहरुलाई थप सहज बनाउने उहाँले...

















