एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै प्रधानध्यापक र शिक्षकलाई कुटपिट
भदौ, सिन्धुली – एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै यहाँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई आइतबार कुटपिट गरेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् । शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटेको शिक्षक झलक दाहालले बताए । तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारि...

















