दैलेखको आइसोलेसन सेन्टरबाट २४ संक्रमित भागे

असार, काठमाडौं – दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् । आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए । ‘उनीहरु आइसोलेसनमा बसेको १४ देखि १७ दिन भइसकेको थियो र लक्षण पनि नदेखिएकाले एक दुई दिनभित्रै घर पठाउने तयारी पनि थियो’ कोइरालाले भने, एक्कासी उनीहरु बिहीबार राति भागेछन्...