मास्कको कालोबजारी गर्ने ६ फर्म कारबाही
फाल्गुन २२, काठमाडौ – नेपालमा समेत कोरोनाभाइरसको जोखिम उच्च भइरहेका बेला मास्कमा कालोबजारी गर्ने विभिन्न ६ वटा फर्मलाई सरकारले कारबाही गरेको छ । मास्क, स्यानिटाइजर लगायतका मेडिकल सामग्रीको कालोबजारी गर्ने ६ वटा कम्पनी तथा बिक्रेता कारबाहीमा परेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि गरेको बजार अनुगमनका क्रममा बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । नेपाल केयरले मास्क भइभई पनि नभएको भन्दै कृत्रिम अभाव सृजना गर्दै बढी मूल्यमा विक्री गरेको पाइएको थियो । यस्तै बिलबिना नै...



















