यस्तो छ, जाडो मौसममा रुघाखोकीबाट बच्ने उपाय
रुघाखोकी लगाउने भाइरस जाडो महिनामा चाँडै एक ठाउँबाट अर्को ठाउँमा फैलिन सक्छ । चिसो तापक्रमले यसको लिपिङ कोटिङलाई झनै जटिल बनाइदिन्छ, जसले गर्दा यो बढी सक्रिय हुन्छ। तातो हावाको तुलनामा चिसो हावामा पानीको वाफ कम हुने गर्छ, जसले गर्दा यो सुख्खा हुने गर्छ । खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाकबाट निस्कने कणहरू हावामा लामो समयसम्म रुघाखोकी लगाउने भाइरस रहिरहन सक्छ । फलतः एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै रुघाखोकी सर्न सक्छ । जाडोबाट बच्न धेरै मानिस, अभिकांश समय घरभित्रै बिताउँछन् । घरका झ्यालढोकाहरु पनि प्रायः बन्द नै हुन्छ ।...



















