हेटौडामा आजबाट १० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव
माघ, हेटौडा – हेटौडामा आजबाट १० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुँदै छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० स्थित टिसिएन चौरमा हुने भएको छ । आज दिउँसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगायत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताउनुभयो । १३ दिनमा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने महोत्सवमा स्थनाीय तथा राष्ट्रिय...



















