सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

माघ, काठमाडौ – नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी एक सदस्य बताए । बलात्कारको अभियोग लागेपछि उनलाई गएको भदौ २३ गते निलम्बन गर्ने निर्णय क्यानले गरेको थियो । गएको पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा भएका सन्दिपलाई खेलमा फर्काउन क्यानको बहुमत सदस्य सहभागी बैठकले निर्णय गरेको हो । सन्दिपको निलम्बन फुकुवा गर्ने निर्णय भएपनि मंगलबार नै महान्यायाधिवक्ता कार्यालयले उनलाई पुर्पक्ष थुनामै राखेर मुद्दामा अघि...