प्रेस सेन्टर नेपाल मकवानपुरको साधारण सभा फाल्गुन ६ गते हुने

माघ, हेटौंडा – प्रेस सेन्टर नेपाल मकवानपुर शाखाको साधारण सभा आगामी फागुन ६ गते गर्ने निर्णय गरेको छ । सोमबार हेटौंडामा भएको पूर्ण बैठकबाट साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले मकवानपुर अध्यक्ष अञ्जली थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । उपाध्यक्ष राजकुमार केसीको अध्यक्षतामा आर्थिक उपसमिति निर्माण गरिएको छ । जसमा सदस्यहरुमा कृष्ण सारु मगर, नवराज वाईवा, जयराम मोक्तान, शम्भु अधिकारी र रुपा गुरुङ रहेका छन् । यस्तै, सचिव एमपी शर्माको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा दिलबहादुर लामा, अशोकसुजन श्रेष्ठ, अर्जुन सञ्जेल...