आज आँचलले १० जनालाई सम्मान गर्दै

माघ, हेटौंडा – महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरेर विभिन्न १० सम्मान तथा पुरस्कार घोषणा गरेको हो । आज शनिबार एक समारोहकाबीच पुरस्कार तथा सम्मान प्रदान गरिने आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभएको छ । आँचल साहित्य कला पुञ्जले आँचल सम्मान २०७९ बाट साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई सम्मान गर्ने भएको छ । वैद्य मकवानपुरमा साहित्यिक गतिविधिमा आर्थिक सहयोग गर्ने व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । १० हजार एक राशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य...