काभ्रेमा काँग्रेसबाट १ सय ३६ जना उम्मेदवार सिफारिस
भदौ, काभ्रे – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले १ सय ३६ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । काभ्रेमा १ सय ३५ वटा वडा रहेकोमा काँग्रेसको उम्मेदवार सिफारिस एक वडा एक उम्मेदवार बाँड्दा पनि बढी भएको छ । आकांक्षीहरु बढी भएपछि जस्ताको तस्तै जिल्लामा सिफारिस भएको काँग्रेसले जनाएको छ । पार्टीको मुल्य मान्यता भन्दा पनि व्यक्तिवाद हावी भएकोले उम्मेदवार सिफारिसमा धेरै जनाको नाम परेको काँग्रेस स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा बधाई र शुभाकामना पाउनका लागि भए पनि सिफारिस...



















