संसदको आयु लम्ब्याउने प्रक्रियाबाट पछि हट्यो सरकार
भदौ, काठमाडौं – सरकार प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयत्नबाट पछि हटेकाे छ। यसअघि दुवै सभाको कार्यकाल लम्ब्याउने गृहकार्यका लागि संसद्मा दर्ता गरिएको विधेयक अघि नबढाउन प्रधनमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मालाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले दर्ता भएको उक्त विद्येयकको अधिक आलोचना भएको भन्दै प्रक्रिया रोक्न निर्देशन दिएको बुझिएको छ । यो सँगै अब कानुनमन्त्री मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानुन संशोधन प्रक्रिया रोकिने भएको हो । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानले...



















