सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी

भदौ, काठमाडौ – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको उनले बताए । शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत उनले आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै अनुसन्धानमा सघाउने बताए । बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।...