बागमती प्रदेश सरकारले संविधान दिवस तिन दिनसम्म मनाउने
भदौ, हेटौंडा – बागमती प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने भएको छ । दिवसको अवसर पारी सरकारले तीन दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको हो । प्रदेश सरकारले २ गते हेटौंडा उपमहानगरको समन्वयमा नगर क्षेत्र, कार्यालय परिसर लगायत मठमन्दिर र सार्वजानिक स्थलमा सरसफाइ गरिने, सञ्चार रजिष्ट्रार, पत्रकार महासंघ मकवानपुरको समन्वयमा सञ्चार माध्यममा परिसम्वाद, विशेष सम्वाद, विचार गोष्ठी कार्यक्रम गरिने, दिवसको दिन संविधानसँग सम्बन्धित लेख, रचना अनलाइन तथा छापा माध्यमहरुमा प्रकाशन गरिने, युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा विभिन्न खेलकुद कार्यक्रमहरु छ । त्यस्तै, ३ गते दिवसको दिन पर्यटन...



















