जसपा बागमती प्रदेशको अध्यक्षमा जय गोले

भदौं, काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को वाग्मती प्रदेश समितिको अध्यक्षमा जय गोले तामाङ चयन भएको छ । राजनीतिक समितिका सदस्य कृष्ण ध्वजुको अध्यक्षमा बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा गोलेको नेतृत्वमा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । प्रदेश समितिमा ७ जना उपाध्यक्ष, एक मुख्य सचिव, पाँच जना सचिव चयन भएका छन् । यस्तै कोषाध्यक्ष केही समयमा नियुक्ति गरिने गरि खाली राखिएको नवनियुक्त अध्यक्ष गोले बताउनुभयो । घोषणासभालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी अध्यक्ष उपेन्द्र यादवले गठबन्धनलाई सहयोग गर्दै मंसिर ४ को निर्वाचनमा होमिन पार्टीका नेता तथा...