पीएसजीले मेस्सीलाई आइफेल टावरमा सार्वजनिक गर्ने
साउन, एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई सार्वजनिक गर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइफेल टावर भाडा लिएको दावी गरिएको छ । आइतबार मेस्सी बार्सिलोनाबाट बिदाइ भएका थिए । पीएसजीका मालिकका भाइ खालिद बिन हमद बिन खलीफा अल-थानीले शनिबार नै सामाजिक सञ्जालमार्फत मेस्सी चाडैँ औपचारिक घोषणा गर्ने बताए थिए । मेस्सीलाई भित्र्याएको घोषण गर्न पीएसजीले १० अगस्टका लागि आइफेल टावर भाडामा लिएको इस्पेन पत्रिकाले दावी गरेको छ । इस्पेनका अनुसार पीएसजीले तीन लाख युरो तिरेर टावर भाडामा लिएको हो । रोयर्टसका अनुसार पीएसजी र...

















