एटीएमबाट झिकियो ४ खर्ब ३ अर्ब
चैत्र, काठमाण्डौ – पछिल्लो समय विद्युतीय कारोबार बढ्दै गएको छ । विद्युतीय भुक्तानी बढेसँगै नगदरहित कारोबार विस्तारै मौलाउन थालेको छ । तपाईं हामीले बोकर हिँड्ने एटीएमबाट मात्रै ४ खर्ब ३ अर्ब ५९ रुपैयाँ नगद झिकिएको छ । चालू आर्थिक वर्ष (२०७७/७८) को सात महिनामा एटीएमबाट सो रकम प्रयोगकर्ताहरुले झिकेका हुन् । माघ महिनामा मात्र ६० अर्ब रुपैयाँ एटीएमबाट कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । एटीएमबाट मात्र होइन यस्तै पोइन्ट अफ सेल (पस) बाट पनि १७ अर्ब ८८ करोड ६० लाख भुक्तानी भएको छ । पीओएस मेसिनमा उपभोक्ताले...
















