हेटौडाको बजेट २ अर्ब ६० करोड, आधा बजेट पूर्वाधार विकासमा खर्चिने

असार, हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । बिहीबार भएकोे उपमहानगरको नवौं नगरसभामा उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रम र बजेटअनुसार करिब ५० प्रतिशत बजेट पूर्वाधार विकासमा खर्चने उल्लेख छ । कुल बजेटमध्ये पूर्वाधार विकासतर्फ १ अर्ब ३० करोड ४५ लाख ७६ हजार रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ । त्यस्तै आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ७६...