भूकम्प पीडितको छुट पुन सर्वेक्षण असार १५ सम्म हुने
काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेर असार १५ सम्म मात्र रहेको छ । म्याद थप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भूकम्प पीडितहरुलाई ध्यानमा राखी म्याद थप गरिएको जानकारी दिएका थिए । २०७६ जेठ मसान्तभित्र दर्ता गरी कार्यविधि अनुसार सिफारिस प्राप्त भएका गुनासाहरुको...



















