मनहरीमा उपभोक्ता र निकुञ्जको सम्बन्धमा सुधार्न सुझाव
मनहरी, २८ जेठ । पश्चिम मकवानपुरको मनहरीका स्थानियहरुले राष्ट्रिय निकुञ्ज र उपभोक्ताहरुको सम्बन्ध सुमुधुर हुनुपर्ने बताएका छन् । वन , जिवजन्तु र नदिजन्य पदार्थ संरक्षणमा मनहरी गाउँपालिकाको सहयोगमा डेक नेपालको आयोजनामा मनहरी ८ मा मंगलबार भएको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत साझा सभा तथा राष्ट्रिय निकुञ्जको निती नियम र संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । स्थानिय उपभोक्ताहरुप्रति निकुञ्जको निती नियम कडा भएका कारण दुई पक्ष विचको सम्बन्धमा दरार आएको उपभोक्ताहरुको भनाई थियो । निती नियम मात्र नभई दुई पक्षविच समन्वयको अभावका कारण सम्बन्धमा केहि दरार आएको सहभागीहरुले...



















